काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
असार ३२ बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको
निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको हो ।
नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ हुनेछ । त्यस्तै ती स्थानहरुमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट इन्धनको घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया