काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।
यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ७८ हजार डिल प्रकरणमा मुछिएपछि आजै राजीनामा दिएका थिए ।
कर्मचारी सरुवा तथा भूमी आयोगका अध्यक्ष बनाउन चलखेल प्रकरण बाहिरिए पनि उनी केही दिन आलोचना सहेर बसेको थिए । तर प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएपछि आज गुप्ताले राजीनामा दिएका थिए ।
त्यसपछि आजै अपरान्ह प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्री नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया