भक्तपुर मालपोतका प्रमुख र सहयोगी २४ लाख घुससहित रंगेहात पक्राउ

लोकपथ
5.4k
Shares

काठमाडौं । भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र कर्मचारी टीकाराम राउतलाई २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरूलाई मंगलबार दिउँसो रंगेहात नियन्त्रणमा लिइएको हो । आयोगको टोलीले उनीहरूलाई सेवा प्रवाहमा अनियमितता गर्दै आर्थिक लाभ लिन खोजेको आरोपमा पक्राउ गरेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङ लगतका आधारमा मोहीको नाममा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) बनाइदिनका लागि सेवाग्राहीसँग उनीहरूले मागेको रकम घुसस्वरूप लिँदै गर्दा पक्राउ परेका हुन् ।

उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?