मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि प्रभु बैंक र होपफुल हराईजनबिच सम्झौता

लोकपथ
70
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र होपफुल हराईजन नेपाल प्रालिबिच मानसिक स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने दुई पक्षीय सम्झौता भएको छ ।

ललितपुरको झम्सिखेल, पुल्चोकस्थित होपफुल हराईजन नेपालमा आयोजित एक विशेष समारोहमा प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र होपफुल हराईजन नेपालका तर्फबाट डा. प्रकृति प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमुख अन्जु बस्नेत पनि उपस्थित थिइन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होपफुल हराईजन नेपालमा मानसिक स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउनेछन् । उक्त छुट पाउनका लागि सेवाग्राहीले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिभिलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्नेछ ।

होपफुल हराईजन नेपाल प्रालि निजी क्षेत्रद्वारा सञ्चालित मानसिक स्वास्थ्य सेवा प्रदायक संस्था हो, जसले दक्ष तथा अनुभवी विज्ञहरुमार्फत सबै उमेर समूहलाई लक्षित गरी विविध सेवा प्रदान गर्दै आएको छ ।

नेपालभर ३१२ शाखा, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको प्रभु बैंक ‘बैंक अफ द इयर २०२३’ बाट सम्मानित अग्रणी वित्तीय संस्था हो । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित बैंकले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।

यस सम्झौताबाट ग्राहकहरुले मानसिक स्वास्थ्य सेवा सुलभ दरमा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?