काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.४६ अंकले ९१.२६ प्रतिशत उकालो लाग्दै २७६० विन्दुमा पुगेको छ ।
बजार परिसूचकसँगै कारोबार रकम समेत उल्लेख्यरुपमा बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा मंगलबार ९ अर्ब ४१ करोड रुपैयाँ पुग्यो ।
कुल २०९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ३९ कम्पनीको मूल्यमा गिरावट आएको छ । सबै उपसमूहका सूचकहरू हरियो देखिए ।
बैंकिङ समूह सबैभन्दा धेरै १.८१ प्रतिशतले उकालो लाग्दा हाइड्रोपावर १.७१, फाइनान्स १.७९, विकास बैंक १.२२, माइक्रोफाइनान्स १.२८ र लगानी समूह १.०८ प्रतिशतले बढे । जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादन, व्यापार र अन्य समूहहरू पनि सकारात्मक देखिए ।
कम्पनीगत रूपमा सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ८.०८ प्रतिशतले बढ्यो । त्यसपछि राप्ती हाइड्रो ५.८६, भूगोल इनर्जी ५.७१ र ओम मेगाश्री फर्मास्युटिकल्स ५.४३ प्रतिशतले अगाडि रहे ।
त्यसैगरी, केही कम्पनीको मूल्य घटेको पनि देखिएको छ । भगवती हाइड्रोपावरको मूल्य ४.६४ प्रतिशत, शुभम् पावरको ३.३३, चिरख्वा हाइड्रोपावरको ३.२६ र सप्तकोशी विकास बैंकको २.८२ प्रतिशतले घट्यो ।
आजको धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, निफ्रा हरित ऊर्जा ऋणपत्र, राधि विद्युत् कम्पनी, एनआईसी एशिया बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रपंक्तिमा देखिए । बजारको समग्र पूँजीकरण ४५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया