खोटाङ । खोटाङको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ ।
गएराति मोबाइल चार्जरबाट फोन छुटाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि लैजाने तयारी हुँदै गर्दा उनको मृत्यु भएको वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिएका छन् ।
घटनाबारे जानकारी प्राप्त भएपछि अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताएका छन् ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण संकलन कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया