काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रमलाई संशोधनसहित पारित गरेको हो ।
बैठकमा कुलपति ओलीले विश्वविद्यालयको आर्थिक अवस्था सुदृढ बनाउन यथार्थपरक ढंगले बजेट तयार गर्नुपर्ने निर्देशन दिए। उनले आर्थिक अनुशासन कायम राख्न र नियमानुसार लेखा परीक्षण गराउन पनि सम्बन्धित निकायलाई आग्रह गरे ।
विश्वविद्यालयको आगामी वर्षका योजना, कार्यक्रम र वित्तीय प्राथमिकता तय गर्ने उद्देश्यसहित आयोजित बैठकमा विभिन्न विषयमा छलफलसमेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया