राजीनामा दिँदै मन्त्री गुप्ताले भने : ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म त्यसैको सिकार भएँ’

लोकपथ
1.9k
Shares
फाइल तस्बिर

काठमाडौं । घुस डिल अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिँदै आफूलाई नखाएको विष लागेको बताएका छन् । 

उनले केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाइसकेका हुन् । 

७५ करोड रुपैयाँ घुस डिल प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सोमबार उनलाई बालुवाटार बोलाएर चासो राखेका थिए । यद्यपि, उनी हिजोको मन्त्रिपरिषद् बैठकमा भाग लिएका लिएका थिए ।

आफूले राजीनामा दिएको विषय उनले आफ्नो फेसबुकमा पनि शेयर गरेका छन् । जसमा उनले भनेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको सिकार अब अरू कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?