काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व ऊर्जा मन्त्री जनार्दन शर्माले खोलाका जलविद्युत् आयोजनाका लाइसेन्स थुपारेर राख्ने प्रवृत्तिको कडा आलोचना गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २३औँ वार्षिक साधारण सभामा मंगलबार बोल्दै उनले खोलाको लाइसेन्स कब्जा गर्ने अभ्यास तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिए।
‘आज दर्जनौँ आयोजना एउटै व्यक्ति वा कम्पनीको झोलामा छन्, तर तिनीहरूले लगानी नगरी आयोजना रोकेर राखेका छन्,’ शर्माले भने, ‘उत्पादन गर्न इच्छुक र सक्षम कम्पनीहरू लाइसेन्स नपाएर पछाडि परेका छन् ।’
उनले सरकारलाई यस्तो प्रवृत्तिको अन्त्य गर्न स्पष्ट र प्रभावकारी नीति ल्याउन आग्रह गरे । ‘लाइसेन्स बेच्ने प्रवृत्तिलाई गैरकानुनी मानेर खारेज गर्नुपर्छ,’उनले भने, ‘खोला बेच्ने कुरा मान्य हुँदैन। लगानी गर्न सक्ने हैसियत भएकालाई मात्र लाइसेन्स दिनुपर्छ ।’
शर्माले आफ्नो ऊर्जा मन्त्री कार्यकालको स्मरण गर्दै त्यस्तो गलत अभ्यास रोक्न आफूले प्रयास गरेको उल्लेख गरे । तर अहिले फेरि त्यही प्रवृत्ति दोहोरिएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले जलाशययुक्त आयोजना राज्यको नेतृत्वमा निर्माण हुनुपर्नेमा जोड दिँदै केवल विद्युत् बिक्रीबाट होइन, खपतको माध्यमबाट मात्र मुलुक समृद्ध बन्ने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया