बाढी र पहिरोले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

लोकपथ
105
Shares

काभ्रेपलाञ्चोक । लगातारको वर्षासँगै बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

सोमबार राति ८ बजेदेखि अवरुद्ध बनेको राजमार्ग मंगलबार बिहानदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।

राजमार्गका रोशी–९ पिन्थलीबेशी, मंगलटार, बिरुवाडाँडा, फेदीखेला, साङखोला, कालढुंगा, माम्ती खोला, पिप्ले र पानीतारे लगायत आठ स्थानमा आएको बाढी र पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको हो ।

सडक विभाग र एवन निर्माण सेवाको सहयोगमा पहिरो हटाई सडक खुलाइएको हो । अविरल वर्षाले बारम्बार सडक अबरुद्ध हुँदा यात्रुहरू सास्ती भोगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?