साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

लोकपथ
1.6k
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो तेस्रो खेल श्रीलंकाविरुद्ध खेल्ने भएको छ ।

बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुने खेलमा नेपाल विजयी हुने लक्ष्यसाथ मैदान उत्रनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

श्रीलंकाले हालसम्म दुवै खेल गुमाएको छ । प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भुटानको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा नेपाल दोस्रो स्थानमा छ ।

चार राष्ट्र सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन फर्म्याटमा भइरहेको छ । प्रतियोगिताको अन्त्यमा सबैभन्दा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

नेपालले उपाधिका लागि होड गर्न बाँकी सबै खेल जित्नुका साथै गोलअन्तरमा पनि मजबुत हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?