काठमाडौं । संयुक्त राज्य अमेरिकामा दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा परी मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा अमेरिकाको लुजानिया टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन् ।
एक अनलाइनले लुजानिया राज्य प्रहरीलाई उद्धृत गर्दै उनीहरुको गत जुलाई १३ अर्थात् असार २९ गते राति ९ बजेको समयमा कार दुर्घटना भएको हो । भारी वर्षाका कारण चलिरहेको कारण रुखमा ठोक्किएको र आगो लागेको थियो । उनीहरु दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । उक्त कारमा रोजिन र राजनसहित अन्य २ जना समेत सवार थिए । तर अन्य दुई जना घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरु नेपाली रहे पनि कहाँका हुन् ठेगाना भने खुलाइएको छैन । विश्वविद्यालयले समेत शोक सभा गरेको छ । तर विश्वविद्यालयले पनि ठेगाना खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया