अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्रा महँगियो

कुन कुन कति महँगियो, हेर्नुहोस् सरल चार्टमा

लोकपथ
581
Shares

काठमाडौं । अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमय दर महँगिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राहरूको भाउ सोमबारको तुलनामा महँगिएको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर सोमबार १३६.९९ बाट मंगलबार बढेर १३७.२८ पुगेको छ भने बिक्री दर १३७.५९ बाट बढेर १३७.८८ मा पुगेको छ ।

यस्तै युरो, पाउन्ड, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल लगायतको विनिमय दरमा पनि वृद्धि देखिएको छ ।

नेपाल र भारत सरकारको सम्झौता बमोजिम भारतीय रुपैयाँ भने स्थिर रहेको छ ।

हेर्नुहोस्, हिजो (सोमबार) र आज (मंगलबार)को विदेशी मुद्राको विनिमय दर

मुद्रा इकाई २०८२ असार ३० (हिजो) २०८२ असार ३१ (आज) परिवर्तन
अमेरिकी डलर (USD)१३७.५९१३७.८८⬆︎ ०.२९
युरो (EUR)१६०.८४१६१.२६⬆︎ ०.४२
पाउन्ड (GBP)१८५.७५१८५.९६⬆︎ ०.२१
स्विस फ्राङ्क (CHF)१७२.७३१७३.१६⬆︎ ०.४३
अष्ट्रेलियन डलर (AUD)९०.५३९०.५९⬆︎ ०.०६
क्यानेडियन डलर (CAD)१००.५०१००.८६⬆︎ ०.३६
सिंगापुर डलर (SGD)१०७.४६१०७.६७⬆︎ ०.२१
जापानी येन (JPY)१०९.३३९.३६⬆︎ ०.०३
चिनियाँ युआन (CNY)१९.१९१९.२४⬆︎ ०.०५
साउदी रियाल (SAR)३६.६९३६.७६⬆︎ ०.०७
कतारी रियाल (QAR)३७.७५३७.८३⬆︎ ०.०८
युएई दिर्हाम (AED)३७.४६३७.५४⬆︎ ०.०८
मलेसियन रिङ्गिट (MYR)३२.३६३२.४२⬆︎ ०.०६
कोरियन वोन (KRW)१००९.९८९.९९⬆︎ ०.०१
हङकङ डलर (HKD)१७.५३१७.५६⬆︎ ०.०३
थाई भाट (THB)४.२४४.२६⬆︎ ०.०२
कुवेती दिनार (KWD)४५०.०८४५१.४१⬆︎ १.३३
बहराइन दिनार (BHD)३६४.९७३६५.७४⬆︎ ०.७७
ओमानी रियाल (OMR)३५७.४०३५८.१५⬆︎ ०.७५
डेनिश क्रोनर (DKK)२१.५५२१.६१⬆︎ ०.०६
स्विडिस क्रोनर (SEK)१४.३९१४.३९↔︎ स्थिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?