राजर्षि विश्वविद्यालयको ३७ करोड ९३ लाख बजेट स्वीकृत

लोकपथ
329
Shares

काठमाडौं । राजर्षि जनक विश्वविद्यालयको बजेट स्वीकृत भएको छ ।

आज सम्पन्न १०औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरेको हो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको थियो ।

उक्त बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?