रास्वपाको हस्ताक्षर अभियानमा सीके राउतले जनाए ऐक्यबद्धता

लोकपथ
518
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानमा सहभागि भएका छन् ।

केही समयदेखि रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ ।

आज डा. राउतले रास्वपा पार्टी कार्यालय बनस्थलीमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

गत निर्वाचनमा रास्वपासहित जनमत समेत वैकल्पिक राजनीतिक धारको रुपमा उदाएको छ । जनमत पार्टी र अध्यक्ष राउत रवि र रास्वपाप्रति सकारात्मक रहँदै आएका छन् ।

ऐक्यबद्धता जनाउँदै डा. राउतले जनताले हस्ताक्षर अभियान चलाउँदैमा अदालत वा न्यायालयप्रतिको अविश्वास रहेको भनेर चित्रण गर्न नसक्ने बताए ।

नेपालले शक्ति पृथकीकरणको शिद्धान्त अवलम्बन गरे पनि एकले अर्को क्षेत्रको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने गरेको समेत आरोप लगाए । साथै त्यसबाट अदालत समेत अछुतो रहन नसक्दा जनताको तर्फबाट हस्ताक्षर अभियान चलेको उनले बताए ।

रवि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् । उनको दल रास्वपाले सभापतिमाथि राजनीतिक प्रतिशोध साँधेर फसाइएको भन्दै हस्ताक्षर अभियान चलाएर दबाब सिर्जना गर्न खोजिरहेको छ । यता अन्य दलहरुले भने रास्वपाले आगामी निर्वाचनका लागि जनमत बटुल्ने प्रपञ्च रचेको भन्दै आलोचना गर्र्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?