काठमाडौं । एनआईसी एशिया बैंक र ई–स्टप नेपाल प्रालिबिच विशेष छुटका लागि सम्झौता भएको छ ।
बैंकका ग्राहकवहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।
यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले ई–स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ई–स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा बैंकिङ एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्ने बैैंकले जनाएको छ । दीगो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई–स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया