काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१ जोरकुशुम पार्कस्थित नारायणी नदीले बगाएर एक जना बालकको मृत्यु भएको छ । सोही महानगरपालिका आँपटारी बस्ने गुल्मी घर भएकी मिरा घर्तीको छोरा ९ वर्षीय असिम घर्तीको आइतबार दिउँसो मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा नदीले बगाएर अशक्त भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया