स्पेनको भिजिट भिसाबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

लोकपथ
3.7k
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्रीज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को को गए ? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु,’ मन्त्री लेखकले भने, ‘जानका लागि भिजिट भिषाको प्रबन्ध कस्ले गर्‍यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’

उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ ।

‘यस विषयमा दोषी देखिएकाहरुलाई कारबाही गरिने छ,’ उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री ओली फर्किएपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रधानमन्त्रीको स्पेन भ्रमणमा भिजिट भिसामा नाममा मानव तस्करी भएको भन्दै कुरा उठाएको थियो । त्यसपछि निरन्तर रास्वपाले सो विषयमा कुरा उठाएपछि सरकारले नै छानबिनको तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?