काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । घुस डिल गरेकोसम्बन्धी अडिओ सार्वजनिक भएपछि विवादमा परेका मन्त्री गुप्ता आज सोमबार बिहान करिब पौने ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस लेनदेनसम्बन्धी ’डिल गरेको’ अडिओ सार्वजनिक भएपछि यो विषयमा कुरा गर्न प्रधानमन्त्री ओलीले उनलाई प्रधानमन्त्री निवासमा बोलाएका हुन् ।
स्रोतका अनुसार, प्रधानमन्त्री ओली मन्त्री गुप्ताको राजीनामा माग्ने मनस्थितिमा छन् । राजीनामा नखिए बर्खास्त गर्ने तयारीमा छन् ।
नेकपा (एमाले) का सांसद र केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गुप्ताको अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको छ । साथै, मन्त्री गुप्ता पदमुक्त गराएसँगै यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया