सुनसरीमा मध्यराति गोली प्रहार गरी किशोरीको हत्या

लोकपथ
2.7k
Shares

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा एक किशोरीको गोली हानी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति करिब १ बजे १८ वर्षीया अर्सी खातुनको टाउकोमा गोली हानी हत्या गरिएको हो । प्रारम्भिक अनुसन्धानमा उनीमाथि उनका भिनाजु आजात मिया जटले गोली प्रहार गरेको खुलेको छ।

भारतको पत्राहा पञ्चायत–१६, घुर्नाका २९ वर्षीय मिया घटनापछि फरार रहेका छन् । घटनास्थलमा एकथान गोलीको खोका फेला परेको छ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ भने फरार अभियुक्तको खोजी जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?