काठमाडाैं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ।
नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न नयाँ योजनाहरू अघि सारिएको जानकारी दिए। उनले स्थानीय स्तरमा स्वरोजगार र उत्पादन वृद्धि गर्न ‘इन्कुबेसन सेन्टर’ स्थापना, बिउ पूँजी (Seed Capital) अनुदान कार्यक्रम सञ्चालन, तथा सहकारी सुधार योजना कार्यान्वयनमा ल्याइने बताए।
‘स्थानीय उत्पादनलाई जोड दिँदै हरेक वडामा विशेष उत्पादन विकास गरिन्छ,’ मेयर शाहले भने, ‘यसका लागि आवश्यक सीप, पूँजी र बजार पहुँच उपलब्ध गराउने व्यवस्था गरिन्छ।’
महानगरले महिला, युवा, अल्पसंख्यक तथा पिछडिएको वर्गलाई लक्षित गरी उद्यमशीलता अभिवृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, र डिजिटल सेवा विस्तार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया