काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकार भ्रष्टाचार र कमिसनमा मात्रै केन्द्रित रहेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले पछिल्लो समय बिचौलियाको चलखेल र घुस डिलसम्बन्धी समाचारहरू सार्वजनिक भइरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
उनले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र भूमि आयोग अध्यक्षको नियुक्तिसम्बन्धी अडियो सार्वजनिक भएको प्रसंग उठाउँदै प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा प्रश्न गरिन् ।
‘सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त छ । मुलुक बिचौलियाले चलाइरहेका छन् भन्ने पुष्टि हुने गरी समाचारहरू आइरहेका छन्,’उनले भनिन्, ‘यो केवल मन्त्रीको विषय होइन, प्रधानमन्त्रीकै नैतिक जिम्मेवारीको पनि कुरा हो ।’
राईले मन्त्रीका घुस डिलसम्बन्धी अडियो सार्वजनिक भए पनि सरकार र सभामुख मौन बसिरहेको आरोप लगाउँदै प्रश्न गरिन्, ‘मन्त्रीका घुस डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ?
उनले प्रधानमन्त्री र मन्त्रीहरूमा नैतिकताको खडेरी रहेको आरोप समेत लगाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया