सिरहाबाट दुई क्विन्टलभन्दा बढी गाँजासहित एक युवक पक्राउ

लोकपथ
511
Shares
सांकेतिक तस्वीर

सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट प्रहरीले ठूलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ पर्ने व्यक्ति २३ वर्षीय राम उदगार मलाह हुन् । उनलाई विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार मलाहलाई प्र.२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । नियन्त्रणमा लिँदा सातवटा पोकामा राखिएको कुल २१२ किलो ९२५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीलाई देख्नासाथ घटनास्थलबाट गाडीसहित अन्य केही व्यक्ति भने फरार भएका थिए । उनीहरूको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?