साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले आज घरेलु टिम बंगलादेशसँग खेल्दै

लोकपथ
1.4k
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा आयोजक तथा साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाका स्थित बसुन्धरा किङ्स एरेनामा साँझ ६:४५ बजे नेपाली समयअनुसार सुरु हुनेछ।

पहिलो खेलमा नेपालले भुटानमाथि ६–१ को प्रभावशाली जित निकालेको थियो भने बंगलादेशले श्रीलंकालाई ९–१ ले पराजित गर्दै शानदार सुरुवात गरेको छ।

यस खेलमा नेपालले अघिल्लो संस्करणको फाइनलमा बंगलादेशसँग भोगेको हारको बदला लिनुको साथै उपाधि दाबीलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ। प्रतियोगिता डबल राउण्ड रोबिन फर्म्याटमा खेलिँदैछ, जसअनुसार अन्त्यमा सबैभन्दा धेरै अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ।

नेपाल र बंगलादेश दुबैले पहिलो खेल जित्दै समान ३ अंक जोडेका छन्, तर गोल अन्तरका आधारमा बंगलादेश अग्रस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?