कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २६ जना घाइते

लोकपथ
434
Shares

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका–९ स्थित वेलनदीमा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकको दायाँपट्टि पल्टिएको हो । दुर्घटनामा परेर घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

बाँकी २१ जना यात्रुको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?