जयपृथ्वी राजमार्ग सञ्चालन, पहिरोले रोकिएका सवारीसाधन गन्तव्यतर्फ

लोकपथ
490
Shares

बैतडी । बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । आज बिहान ९ बजेदेखि बैतडीको नाचन्थली नजिक सडक माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको थियो ।

सडक डिभिजन कार्यालय पाटनबाट खटिएको डोजरको सहायताले पहिरो हटाएपछि दिउँसो ३ बजेदेख राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए ।

उनका अनुसार पहिरो हटेसँगै राजमार्गमा रोकिएका सबै सवारीसाधनले पुनः गन्तव्यतर्फ यात्रा गरेका छन् । वर्षा सुरु भएसँगै राजमार्गको विभिन्न स्थानमा साना पहिरो खस्ने क्रम बढेको छ । स्थानीय प्रशासनले यात्रुहरुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?