मधेश प्रदेशसभा बैठक फेरि स्थगित, कार्यदलमा मन्त्री रहँदा विपक्षको अवरोध

लोकपथ
273
Shares

जनकपुरधाम ।  विपक्षी दलको अवरोधले मधेश प्रदेश सभाको बैठक शनिबार छैटौं दिनपछि स्थगित भएको छ ।

विवादको केन्द्रमा कार्यदलमा भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवको सहभागिता रहेको थियो, जसप्रति विपक्षले आपत्ति जनाउँदै अवरोध जारी राखेको हो ।

बजेटमा देखिएको त्रुटि नसच्याइएसम्म बैठक चल्न नदिने चेतावनी दिएपछि विपक्षको दबाबमा सभामुख रामचन्द्र मण्डलले त्रुटि सच्याउन बनेको कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् ।

समय अभावका कारण त्रुटि सच्याउन नसकिने जनाउँदै मण्डलले छलफलमार्फत समाधानको प्रयास गरे पनि सहमति जुट्न नसकेपछि राजीनामा दिएका हुन् । सभामुखको राजीनामापछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?