अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

लोकपथ
294
Shares

वासिङ्टन डीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि क्यानडाबाट आयात हुने वस्तुहरूमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको खुला पत्र सार्वजनिक गर्दै उक्त निर्णयको घोषणा गरेका हुन् ।

उक्त पत्रमा उनले क्यानडाले विगतमा अमेरिकी आयातमा लगाएको शुल्कप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसको जवाफस्वरूप यो कदम उठाइएको उल्लेख गरेका छन् ।

उनका अनुसार, यो कर आंशिक रूपमा क्यानडाबाट संयुक्त राज्यमा भइरहेको फेन्टानिल (एक प्रकारको अत्यधिक घातक लागूपदार्थ) को आपूर्तिमा रोक नलागेकै कारण पनि लगाइएको हो । साथै, क्यानडाको अनुचित व्यापार अभ्यास र असमान प्रतिस्पर्धालाई पनि कारणका रूपमा औंल्याइएको छ ।

ट्रम्पले पत्रमा चेतावनी दिँदै भनेका छन्, ‘यदि क्यानडाले फेन्टानिल नियन्त्रणका लागि अमेरिका सरकारसँग सहकार्य गर्छ भने, शुल्कमा फेरबदल र समायोजन गर्न सकिनेछ ।’

यो निर्णयले उत्तर अमेरिकी व्यापार सम्बन्धमा पुनः तनाव ल्याउने अनुमान गरिएको छ। क्यानडा सरकारले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?