काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले आर्थिक अपारदर्शिता र भ्रष्टाचारको आशंकामा २०२१ मार्चदेखि नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ।
फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (GACC) को गत बिहीबारको निर्णयपछि अब एन्फाले फिफाको सहयोग स्वतन्त्र रूपमा प्रयोग गर्न पाउने भएको हो।
एन्फाले यसलाई आर्थिक पारदर्शिता र सुशासनप्रति विश्वासको प्रमाण भन्दै स्वागत गरेको छ । एन्फाको अनुसार, सुधार अभियान, लेखा प्रणालीको स्तरीकरण, र महिला–पुरुष टोलीको प्रदर्शनले सशक्त आधार तयार पारेको छ ।
फिफाको यो निर्णयसँगै एन्फाले स्कूल, ग्रासरुट, महिला र पुरुष लिग लगायत प्रतियोगिता नियमित गर्न योजना अघि बढाएको छ।
एन्फाले रंगशाला निर्माणमा प्रधानमन्त्रीको सहयोगको कदर गर्दै पारदर्शिता कायम गर्दै जाने प्रतिबद्धता दोहोर्याएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया