दाङ । बर्दिया राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीकी ४५ वर्षीया पूर्णिमा बुढाको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार बुढा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा च्याउ खोज्न गएकी थिइन् । हिजो बिहान करिब ९ बजेतिर निकुञ्जको जंगलमा च्याउ संकलनका क्रममा हात्तीको समूहले आक्रमण गरेको थियो। आक्रमणपछि साथमा रहेकी अन्य दुई जना भागेर ज्यान जोगाउन सफल भएका छन् ।
घटनापछि मृतक बुढाको शव पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ । प्रहरी र निकुञ्ज प्रशासनले यस घटनालाई गम्भीर रूपमा लिँदै जंगलमा प्रवेश गर्दा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया