राप्रपामा चुलियो आन्तरिक कलह, धवल शम्शेरको नेतृत्वमा छुट्टै भेला

लोकपथ
3.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद चुलिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको ‘स्वेच्छाचारी शैली’ को विरोध गर्दै इतर समूहले छुट्टै भेला गरेका छन् ।

महामन्त्री धवलशम्शेर राणाको नेतृत्वमा नक्सालस्थित सचिवालयमा आयोजित भेलामा वरिष्ठ नेता तथा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्रीहरू हरिबहादुर बस्नेत, विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तीकुमारी शाही, पूर्वप्रवक्ता सगुन सुन्दर लावतीलगायत ५० जना नेताहरूको उपस्थिति रहेको थियो ।

भेलामा अध्यक्ष लिङ्देनले पार्टी विधान विपरीत कार्य गरेको, मनोमानी ढंगले संगठन चलाएको, पार्टीभित्र छलफल र सहमतिविनै निर्णय लिएको आरोप लगाएका छन् ।

राप्रपामा यसअघि पनि नेताबीच मतभेद हुँदै आएका थिए, तर यसपटकको छुट्टै भेला र कडा सार्वजनिक आलोचनाले पार्टीभित्र गहिरो फाटको संकेत दिएको छ । आगामी दिनमा पार्टीभित्र शक्ति सन्तुलनको लडाइँ थप चर्किने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?