बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

लोकपथ
273
Shares

बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा शनिबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४–००१ज १३७२ नम्बरको जीप बिहान करिब ५:३० बजे दुर्घटनामा परेको हो। जीप सडकबाट करिब १०० मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा चालकसहित डिलासैनी गाउँपालिका–१ निवासी २४ वर्षीय सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

घाइते हुनेहरूमा डिलासैनी–१ निवासी ४५ वर्षीय रामकुमार राना, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र५१ वर्षीया कमला धामी रहेका छन् । गम्भीर घाइते राजेन्द्र खत्री र कमला धामीलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पाटन र स्थानीयवासीहरूले उद्धार कार्यमा सहकार्य गरेका थिए। दुर्घटनाको कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?