मुलुकको अर्थतन्त्रमा सुधार भएको प्रधानमन्त्री ओलीको दाबी

लोकपथ
224
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले गतवर्षको तुलनामा यसवर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताए ।

प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब राजस्व संकलन गरिएको जानकारी दिए । ‘अर्थतन्त्रमा प्रष्ट सुधार १ हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब बढेर ६१ खर्ब पुगेको छ । राजस्व गत वर्षभन्दा एक खर्ब आठ अर्ब बढेको छ । पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३६ अर्ब बढी । आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत प्रक्षेपण, अघिल्लो वर्ष ३ दशमलव ८७ प्रतिशत,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?