२०७८,श्रावण,११,सोमवार

संरक्षण गरिएका गिद्ध प्रकृतिमा छाडिदै

२०७४,कार्तिक,२०,सोमवार ०६:३७


–नारायण अधिकारीचितवन, २० कात्तिक – गत वैशाख २ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासीको जटायु रेस्टुराँमा लगेर प्रकृतिमा छोड्नका लागि खोरमा राखिएका छ वटा गिद्धलाई यही कात्तिक २३ गते प्रकृतिमा छाडिने भएको छ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार, वन विभागका सचिव डा युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्कालगायतको उपस्थितिमा गिद्ध छाडिनेछ । छाड्नुअघि ती गिद्धको अवस्था र स्वास्थ्यको बारेमा अनुसन्धानका लागि नेपाल पक्षी संरक्षण संघ र निकुञ्ज विभागका प्राविधिकले गत एक सातादेखि काम गरिरहेका छन् नेपाल पक्षी संरक्षण संघ गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्ण भुषालका अनुसार खोरमा राखिएका सबै गिद्धको स्वास्थ्य अवस्था परीक्षण गरिएको छ । सबैको स्वास्थ्य राम्रो रहेको र लगाइएका ‘सेटलाइट ट्याग’ ठीक अवस्थामा रहेको उनले बताए जटायु रेष्टुटाँमा प्रकृतिमा रहेका छवटा गिद्धलाई समाएर सेटलाइट ट्याग लगाएर छाडिएका थिए । तीनको आनीबानी नियमित रुपमा अनुगमन भइरहेको छ । भुषालका अनुसार ती गिद्ध पश्चिम नेपालको बाँके क्षेत्रसम्म पुगेको देखिएको छ । नवलपरासीको जटायु रेस्टुराँबाट दुई सय किलोमिटर पश्चिमसम्म पुगेका गिद्ध पुनः फर्किएर रेस्टुराँमै आएको उनले बताए प्रकृतिमा छाडिएका र छोड्नु पूर्व खोरमा राखिएका गिद्धलाई सँगै खाना खुवाइँदै आएको छ । जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेस्टुराँमा गरिएको छ उनीहरुलेसँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ । तिनीहरुलाई छाडिएसँगै चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा रहेका पाँचवटा गिद्धलाई पुनः सोही खोरमा लगेर राख्ने कार्यक्रम रहेको छ । हाल खोरमा ५७ वटा गिद्ध रहेका छन् अति संकटापन्न अवस्थामा रहेको डंङ्गुर जातको गिद्धको संख्या बढाउनका लागि दाताको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २००८ बाट कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध गत वैशाखमा जटायु रेस्टुराँमा छाड्नका लागि खोरमा लगेर राखिएको थियो सन् २०१७ मा पाँचवटा, सन् २०१८ र २०१९ मा चार÷चारवटा गरी १९ वटा गिद्ध छाड्न लागिएको हो । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुईसँगै अन्य देशले पनि संरक्षण थालिएको हो मुख्य रुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो त्यस्ता मासु खाँदा गिद्धको मिर्गाैलामा खराबी हुने र गिद्ध मर्ने गरेको उनले बताए । त्यसपछि डाइक्लोफिनाक औषधि नेपाल सरकारले २००७ मा नै प्रतिबन्ध लगाएको छ । नवलपरासीको पिठौलीमा सन् २००६ मा पहिलोपटक जटायु रेस्टुराँ सञ्चालनमा ल्याइएको हो हाल देशभरमा सात ठाउँमा यस्ता रेस्टुराँ शुरु गरिएको छ । जटायु रेस्टुरा गिद्ध संरक्षण केन्द्र हो । जसले बुढाखाडा र उत्पादन दिन छाडेका पशु चौपाय किनेर राख्ने गर्दछ । जटायु रेस्टुराँ व्यवस्थापन समितिका संयोजक डिबी चौधरीका अनुसार उत्पादन दिन छोडेर बुढो भएका एउटा पशुको रु २५० मा रेस्टुराँले किन्ने गर्दछ । ती पशु मरेपछि गिद्धलाई खुवाइने गरिन्छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२०,सोमवार ०६:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२