भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

लोकपथ
861
Shares

भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित शिक्षा विभाग नजिकै शुक्रबार बिहान ट्रकको ठक्करबाट एक ५ वर्षीय बालकको ज्यान गएको छ ।

बा.२ क १२८४ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक आरव यादवको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आरव यादव सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–४ घर भई हाल भक्तपुर सानोठिमीमा बसोबास गर्दै आएका मन कुमार यादवका छोरा हुन् ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाको थप विवरण संकलन तथा दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?