काठमाडौं । गायिका एलिना चौहानले लागि आफ्नो जीवनका अनुभव र पीडालाई समेटेर तयार पारेको भावुक गीत ‘एक दिन त पछुताउँछ’ सार्वजनिक गरेकी छन् ।
गीतमा उनले विगतमा भोगेका चोट, आत्मबल र संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरेकी छन् । एलिनासँगै गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् ।
गीतमा गायत्री थापाको शब्द र खुमन अधिकारीकै संगीत रहेको छ। भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाको अभिनय रहेको छ।
म्युजिक भिडियोलाई जीवनकुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । दुर्गा पौडेलको छायाङ्कन र नवीन घर्तीमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई दृश्यमार्फत थप सशक्त बनाएको छ ।
सार्वजनिक गीतलाई दर्शकले आत्मीयता र पीडासँग जोडेर सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । तीज गीतको सन्दर्भमा यसले महिलाहरूको आत्मबल र सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया