झण्डै साढे ३ किलो कोकिनसहित भारतीय नागरिक पक्राउ

लोकपथ
672
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध कोकिनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको महाराष्ट्रका अब्दुस समद जमल मन्सुरीलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो ।

ब्यूरोले उनको साथबाट ३ किलो ४ सयग्राम अवैध लागुऔषध कोनिन समेत बरामद गरेको ब्यरोका प्रवक्ता एसपी जनकबहादुर शाहीले जानकारी दिए ।

पासपोर्ट नम्बर s447033 पासपोर्ट बाहक ३४ वर्षीय मन्सुर असार २५ गते बुधबार अपरान्ह ४ बजेको समयमा अजरबैजान हुँदै काठमाडौं ओर्लिएका थिए ।

ब्यूरोको टोलीले ‘क्रिमिनल प्रोफाइलिङ’ गर्ने क्रममा उनको झोला खानतलासी गरेको थियो । सो क्रममा कोकिन भेटिएको हो ।
उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?