आगामी आर्थिक वर्षका लागि काठमाडौं महानगरले कति ल्याउँदैछ बजेट ?

लोकपथ
231
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा निर्धारण गरेको छ । 

प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौं प्लाजामा बसेको बैठकले करिब २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा तय गरेका हुन् ।

बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकास निर्माणका कार्य अघि बढाउन निर्देशन दिँदै पूर्वाधार विकासमा बजेट थप गर्नुपर्नेमा जोड दिएका थिए  । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधार क्षेत्रको बजेट बढाउने निर्णयसमेत बैठकले गरेको हाे ।

राजश्व परामर्श समितिको बैठकमा संयोजक, सदस्य, सदस्य सचिवसहित विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति थियो ।

आगामी शुक्रबार बस्ने ४०औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गर्नेछ । सो नगर सभामार्फत नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिनेछ । प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुति गर्ने कार्यपालिका रहेको छ ।

महानगरले पूर्व तयारी स्वरूप आन्तरिक छलफल र परामर्श तीव्र बनाउँदै लगेको छ। यस पटकको बजेट जनआकांक्षा, विकास प्राथमिकता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी तयार पारिने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?