अब घर किन्न वा बनाउन ३ करोडसम्म कर्जा पाइने

लोकपथ
644
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । अब आवासीय घर निर्माण वा खरिदका लागि बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिएको जानकारी गराएका हुन् ।

यसअघि २ करोडसम्म घरकर्जा पाइनेमा त्यसको दायरा बढाएर ३ करोडसम्म पुर्याइएको हो ।

गभर्नर पौडेलले पहिलो निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा ७० प्रतिशत बनाइने घोषणा गरे ।

गभर्नर पौडेलका अनुसार बैंकदर ६ प्रतिशत, निक्षेप सङ्कलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरिएको छ ।

त्यस्तै राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्य समेत १२ प्रतिशत राखिएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?