काठमाडौं । मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति आगामी आर्थिक वर्ष ०८२–०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सो नियम लागु गरिएको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जालाई १५ करोडबाट बढाइ २५ करोड रूपैयाँ पुर्याइनेछ,’ मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले भने ।
त्यस्तै उनले दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने समेत बताए । त्यसको साथै चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यकता अनुसार परिमार्जन गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थालाईं समेत आवश्यक्ता अनुसार पुनरावलोकन गर्ने जनाएको छ ।
जसअनुसार तीन करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला कर्जाको सूचीमा राखिने मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया