मौद्रिक नीति सार्वजनिक : नीतिगत दर घटाउँदै कर्जाको पहुँच विस्तार गर्ने लक्ष्य

लोकपथ
714
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक सुस्तीलाई तोड्दै अर्थतन्त्रमा गति दिनका लागि आगामी आर्थिक वर्ष (२०८२/८३) का लागि मौद्रिक नीति ल्याएको छ ।

गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा केन्द्रीय बैंकले स्थायी तरलता सुविधा दर (बैंक दर) ०.५ प्रतिशत बिन्दुले घटाउँदै ६ प्रतिशतमा झारेको छ ।

यसका साथै, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत र स्थायी निक्षेप संकलन दर ३ प्रतिशतबाट झारेर २.७५ प्रतिशत तोकिएको छ ।

मौद्रिक नीतिमा निजी क्षेत्रलाई कर्जाको प्रवाह १२ प्रतिशतले बढाउने प्रक्षेपण गरिएको छ । गभर्नर पौडेलका अनुसार, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले अब ब्याजदर घट्ने र कर्जाको पहुँच बढ्ने अपेक्षा गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ भने मूल्यवृद्धि (मुद्रास्फीति) ५.५ प्रतिशतभित्र सीमित राख्ने प्रयत्न गरिने बताइएको छ ।

राष्ट्र बैंकले वर्तमान आर्थिक चुनौतीलाई ध्यानमा राख्दै नीतिगत रूपमा लचिलो, तर विवेकपूर्ण र सचेत दिशा अवलम्बन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?