देश आलोचनात्मक चेतले आक्रान्त भइसक्यो : प्रधानमन्त्री ओली

लोकपथ
504
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको भन्दै अब विश्लेषणात्मक चेतको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जे कुरामा पनि आलोचना मात्रै नगरी, विश्लेषण र रचनात्मक सुझाव दिनुपर्ने बताए ।

उनले भने, ‘आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत चाहिन्छ हामीलाई । आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश । जेमा पनि आलोचना होइन, रचनात्मक सुझाव आवश्यक छ । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ । यहाँनेर कमजोरी भयो भनेर देखाउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले जनसंख्या नीति कार्यान्वयनका लागि पनि आलोचना होइन, सहकार्य र सुझाव आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले जनसंख्या सन्तुलन र जीवनस्तर उकास्न समयमै विवाह र सन्तानको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले २० वर्षको उमेरपछि विवाह गरी प्रजनन क्षमताको उपयुक्त समयमा सन्तान जन्माउन युवाहरूलाई प्रेरित गर्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीले भने, ‘प्रजनन क्षमता बढी भएको उमेरमा सन्तान जन्माउनु उपयुक्त हुन्छ । त्यसले स्वास्थ्यमा पनि सकारात्मक असर गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?