काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवादसचिव फणिराज पाठकसँग प्रहरीले सोधपुछ गरेको छ ।
केहीबेरअघि पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन् ।
पाठकसँग केही सवालमा बुझ्नका लागि परिसर बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले लोकपथलाई जानकारी दिए ।
‘उहाँसँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले परिसर बोलाइएको हो,’ चन्दले लोकपथसँग भने ।
त्यसो त पछिल्ला दिनहरुमा राजावादीहरुको सक्रियता बढिरहेको छ । राजावादीहरुको सक्रियता बढिरहँदा पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्री ५ महाराजधिराज’ भन्दै प्रचार समेत भइरहेको छ ।
त्यति मात्र होइन संघीय संसददेखि प्रदेश सभा बैठकहरुमा समेत राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्रलाई राजा कहिल्यै पूर्व नहुने भन्दै ‘श्री ५’ कै दर्जा दिँदै आइरहेको छ । साथै हरेक लेटरप्याडहरुमा समेत ज्ञानेन्द्रलाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएको विषयमा पाठकसँग सोधपुछ गर्न लागिएको हो । साथै संवाद सचिवालयको आधिकारिकताबारे बुझ्न समेत उनलाई बोलाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया