जनमत पार्टीमा विवाद चर्कियो, दुई नेताविरुद्ध अनुशासनको कारबाही प्रक्रिया अघि बढ्यो

लोकपथ
1.1k
Shares

काठमाडौं ।  डा.सिके राउत नेतृत्वको जनमत  पार्टीले केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट) विरुद्ध अनुशासनको कारबाही प्रक्रिया अघि बढाएको छ ।

पार्टीको हितविपरीत गतिविधि गरेको आरोपमा उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले दुवै नेतालाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् ।

उनीहरूविरुद्ध सामाजिक सञ्जालमार्फत् पार्टी निर्णय र नीतिको खुलेरै विरोध गर्नुका साथै विधान विपरीत अनुशासनहीन कार्य गरेको आरोप लगाइएको छ । 

चौधरीले पठाएको पत्रमा भनिएको छ, ‘पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्नता भएको हुँदा पार्टीको विधानको धारा ३९ (क) को उपधारा २, ३, ४, ५, १० र १५ आकर्षित हुने हुँदा तपाईँलाई किन कारबाही नहुनुपर्ने हो भनी ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अनुरोध छ ।’

पार्टीको अनुशासनको मुद्दा चुलिँदै जाँदा जनमत पार्टीभित्रको आन्तरिक स्थायित्व र एकताको सवाल थप जटिल बन्ने देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?