सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

लोकपथ
98
Shares

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा तथा महिला उद्यमीले हातेमालो गर्दै मुलुकको समृद्धिका लागि संयुक्त प्रयास गर्नुपर्ने बताएका छन् ।

महिला उद्यमी महासंघको आयोजनामा बिहीबार ललितपुरमा आयोजित ‘अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलन–२०८२’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि उद्यमशीलताको विकास अपरिहार्य रहेको बताए ।

उनले भने, ‘हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च प्राथमिकतामा राखेको छ । यस सम्मेलनबाट प्राप्त सुझावले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा मद्दत पुग्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले संविधानमा सुनिश्चित महिलाको सहभागिता व्यवहारमा पनि कार्यान्वयन भइसकेको उल्लेख गरे । ‘तीनै तहमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेका छौँ। विद्यालयमा छात्राहरूको संख्या छात्राहरूभन्दा बढी छ। नतिजामा पनि छात्राहरूको उपस्थिति राम्रो हुँदै गएको छ,’ उनले भने।

उनले महिलाको सशक्तिकरण र आर्थिक सहभागिता बढाउँदै लैजानु पर्नेमा जोड दिँदै सबैले मिलेर राष्ट्रको समृद्धिका लागि योगदान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?