४० किलो गाँजासहित पाँच जना पक्राउ

लोकपथ
441
Shares

काठमाडौं । नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने हरुमाधादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौं महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार उनीहरूको साथबाट नगद एक लाख २५ हजार रुपैयाँ समेत बरामद गरेको छ ।

प्रहरी अनुसन्धानका क्रममा काठमाडौंको कोटेश्वरस्थित सुमन चेपाङको डेरामा ठूलो मात्रामा गाँजा लुकाइएको पाइएको थियो । त्यही स्थानबाट गाँजा लुकाएर राखिएको र बिक्री वितरणमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?