काठमाडौं । झण्डै एक महिनादेखि जारी आन्दोलन स्थगित गर्दै सुनचाँदी व्यवसायीहरुले शुक्रबार (आज) देखि देशभरका सुनचाँदी पसलहरू नियमित रूपमा सञ्चालनमा ल्याउने भएका छन् ।
बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले आजदेखि देशभरका सुनचाँदी पसलहरू नियमित रूपमा सञ्चालनमा ल्याउने भएका हुन् ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा जडित गरगहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयपछि व्यवसायीहरू आन्दोलित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया