काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहँदै आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । बाँकी भू-भागका थोरै स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हिमपातको पनि सम्भावना रहेको उल्लेख छ ।
महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । सहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको हुँदा नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया