सरकारमा आएपछि राजनीति नगरौँ, तोकिएको समयमै राष्ट्रिय खेलकुद हुन्छ : प्रधानमन्त्री

लोकपथ
329
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आएपछि राजनीतिक गतिविधि होइन, जनताको सेवामा केन्द्रित भएर काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याब’को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलहरू सरकारमा आउनुलाई स्वाभाविक मान्दै आएपछि भने शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद लगायतका प्राथमिक क्षेत्रहरूमा काम गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘सरकारमा पोलिटिकल पार्टी नै आउने हो, तर आएपछि राजनीति होइन, काम गर्ने हो। कृषि छ भने कृषिमा ध्यान दिनुपर्छ, खेलकुद हो भने खेलकुदमा । त्यहाँ राजनीति गर्ने होइन ।’

खेल क्षेत्र राजनीतिक प्रभावबाहिर राखिनुपर्नेमा जोड दिँदै उनले खेल विकासका लागि लगानी र समर्पण आवश्यक रहेको बताए। ‘खेलमा ध्यान दिनुपर्छ । जो आउँछ उसले पोलिटिक्स गर्ने होइन, खेललाई अघि बढाउनु पर्छ,’ उनले भने ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई सरकारले बजेटबाट माया देखाएको पनि उल्लेख गरे। साथै, अबको राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मिति (मंसिर) भित्रै सम्पन्न हुनुपर्ने चेतावनी दिए। उनले नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पनि तीव्र पार्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीको भनाइले सरकारमा राजनीतिक दलहरूको भूमिकामाथि नयाँ बहस चर्किने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?