काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले हाइ प्रोफाइल प्रशिक्षक भित्र्याउने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईले एनपीएलको दोस्रो संस्करणमा काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हाल्ने पक्का भएको छ।
फ्रेन्चाइज स्रोतका अनुसार मोन्टी देसाईको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ र आज (बिहीबार) साँझ ६ बजे औपचारिक घोषणा गरिने तयारी गरिएको छ। टोलीको आधिकारिक फेसबुक पेजमार्फत पनि उनको आगमनको संकेत दिइएको छ।
करण केसी मार्की खेलाडी रहेको काठमाडौं गोर्खाज पहिलो संस्करणमा पाँचौं स्थानमा सीमित भएको थियो । मोन्टीको अनुभवले टोलीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया